सामूहिक बलात्कारमा परेकी किशोरीको स्वास्थ्यअवस्था गम्भीर

Posted by

काठमाडौं जेठ २२, २०७६ 

जनकपुर–सामूहिक बलात्कारकोे शिकार भएकी धनुषाको बटेश्वरकी एक किशोरीको स्वास्थ्यअवस्था गम्भीर रहेको छ । 

बलात्कृत भएपछि मानसिक रुपमा विच्छिप्त ती किशोरीको मुटुमा पनि समस्या देखिएपछि अहिले जनकपुर अञ्चल अस्पताल स्थित शहिद गंगालाल हृदय केन्द्रमा उपचार भईरहेको छ ।
 गत फागुन ११ गते साँझबाट घरबाटै हराएकी किशोरीमाथि ३ महिनासम्म भारतमा बन्धक बनाएर सामूहिक बलात्कार भएको खुलासा भएको थियो ।

 पीडित किशोरीलाई मुज्जफरपुरमा एक महिलाले समस्यामा परेको देखेपछि भाग्नमा सहयोग गरेकी थिइन् ।

घटनामा संलग्न मध्ये कोही पनि पक्राउ पर्न नसकेको र घटनाको अनुसन्धान भईरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडलेले बताए ।

यता धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दोषीमध्ये कोही पक्राउ नपरेपनि महोत्तरी लोहारपट्टी नगरपालिका वडा नम्बर २ स्थित सुखैनियाका २२ वर्षीय रवानी राईन कवारीविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको जनाकारी गराए । उनले दोषीहरुको खोजी तीव्र पारिएको बताए ।
यसैबीच किशोरीको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यका साथ रतौली युवा क्लवका अध्यक्ष बैद्यनाथ ठाकुरले आर्थिक सहयोग प्रदान गरेका छन् ।