सिएमसीमा कैलाली र मकवानपुरका २ जना कोरोना संक्रमितको मृत्यु

Posted by

चितवन, शनिबार, अशोज १०-

चितवन मेडिकल कलेजमा कैलाली र मकवानपुरका गरि २ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिका वडा नं. १ का ३० वर्षका युवाको उपचारका क्रममा मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। शुक्रवार मृगौलासम्बन्धी दिर्घरोग र श्वास प्रश्वासमा समस्या आए पछि भर्ना भएका युवकको उपचारका क्रममा शुक्रवार राती ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालमा कोभिड १९ को परीक्षण गरी इमरजेन्सी आइसियूमा उपचारका क्रममा उनको मृत्यु भएकोमा शनिवार संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै आज बिहान नै अर्का एक कोभिड(१९ संक्रमितको चितवन मेडिकल कलेज अस्पतालमा मृत्यु भएको थियो। मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं. ०९ का ७४ का पुरुषको मृत्यु भएको थियो।

अस्पतालमा ३ गते श्वास प्रश्वास तथा निमोनिया को समस्या भई भर्ना भएका उनमा ९ गते शुक्रवार कोभिड(१९ को संक्रमण पुष्टि भएकोमा शनिवार १० गते विहान १२ः१८ बजे मृत्यु भएको डाक्टर लम्सालले जानकारी दिए।