सीएमसीमा ३१ बर्षिय महिलाको ज्यान गएपछि पीडित पक्ष र प्रहरीबीच दोहोरो झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

Posted by

चितवन, कार्तिक ३ – चितवन मेडिकल कलेजमा नाकको शल्लेक्रिया गराउन आएकी नवलपुर कावासोतीकी ३१ बर्षिय आशा ज्ञवालीको अस्पातलको लापरबाहीको कारण ज्यान गए पछी अहिले स्तिथी तनाब ग्रस्त भएको छ । अस्पातल परिसारमा नाराबाजी गरिरहेका मृतक पक्ष र प्रहरीबीच आज (आइतबार) साँझ झडप भएको छ ।

पीडित पक्षले नाराबाजी हरिरहदा दोस्रो झडप भएको हो । स्तिथीलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । गत असोज २६ गते नाकको शल्लेक्रिया गराउन आएकी ज्ञवालीको मृत्‍यु भएको थियो । अस्पातल प्रशासनले आफुहरुको आवाज दबाउन खोजेको पीडित पक्षको आरोप रहेको छ । उनिहरुले अस्पातलमा तोड फोड समेत गरेका छन् ।

अस्पातलले हिजो (शनिबार) ज्ञवालीको मृत्‍यु भएको जनाए पछी आज बिहानबाट नै अस्पातल तनावग्रस्त रहेको छ । डा. सोभित जङ्ग बरालको लापरबाहीको कारण ज्यान गएको भन्दै पीडित पक्षले उनको लाइसन्स खारेजको माग गर्दै नाराबाजी गरेका थिए । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।