सुकुम्वासीलाई प्रचण्डको सम्वोधनः बाम सरकारको पहिलो क्याबिनेट बैठकले सुकुम्वासी समस्या समाधान गर्छ !

Posted by

चितवन,कार्तिक २५-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बामपन्थीको सरकारले सुकुम्वासीको दिर्घकालिन समस्या समाधान गर्ने वताउनु भएको छ । आज भरतपुर महानगरको सुन्दरबस्ती,भिमसेननगर लगाएतका ठाँउका सुकुम्वासीहरुलाई शिवनगरमा सम्वोधन गर्दै प्रचण्डले सुकुम्वासी समस्याको समाधनका लागी बाम सरकारको पहिलो क्याबिनेट बैठकबाट दिर्घकालिन रुपमा ठोस निर्णय गरिने वताउनु भयो । त्यसका लागी आफु र बाम गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन उहांले आग्रह गर्नुभयो । प्रचण्डले आफ्नो नेतृत्वको सरकार हुँदा चितवनको मंगलपुरवाट सुकुम्वासी जग्गा प्रदान गर्न सुरु गरेको भन्दै ९ महिना मै सरकार छाड्नु परेकाले सवै प्रकृया टुङगाउन नसकिएको वताउनुभयो । उहांले २०३६ सालमा घरवार विहिनहरुलाई भिमसेननगरमा किलो गाडेर घर दिलाउने अभियानमा लागेको स्मरण गराउनु भयो । प्रचण्डलाई सुकुम्वासी वस्तीका नागरिकले भव्य स्वागत गरेका थिए । प्रचण्डले आज भरतपुर महानगरको १४,२१ र २२ नम्वर वडामा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।