सुनकोशी नदीमा बस खस्यो, कम्तीमा ६ जनाको मृत्यु, २० जनाकाे उद्धार

Posted by

 कात्तिक १७, २०७६ आइतबार

काठमाण्डाै – सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ६ पुगेकाे छ ।  दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकुटेबाट सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बसमा ३० देखि ४० जना यात्रु रहेका थिए । अहिले उद्धारको काम भैरहेको छ । २० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाउने यात्रुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।