सुनको भाउ बढ्यो

Posted by

काठमाडौं, कात्तिक २३ –
सुनको भाउ बिहीबार पनि बढेको छ । गएको सोमबारदेखि नै उकालो लागेको सुनको भाउ बिहीबार पनि बढेको हो ।
सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार ३ सय रुपैयाँ बढेर तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार एक सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । अमेरिकाले उत्तर कोरियालाई थप प्रतिबन्ध लगाउने अनुमानमा सुनको भाउ बढेको महासंघले जनाएको छ ।