सुर्खेतको एमाले मोडमा बस दुर्घटना : ३ जनाको मृत्यु, २५ घाइते

Posted by

फाइल तस्बिर

भदौ ११, २०७६ सुर्खेत : जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन्। 

मुतकको सनाखत हुन बाँकी रहेको छ। गाडी विहान ३ बजे तिर दुर्घटना परेको सुर्खेत प्रहरीले जनाएको छ। उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र  नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी  रहेकाे छ ।