सुर्य अस्तको अवलोकन गर्ने मौषम

Posted by

अपिल घिमिरे

वर्षा रोकिए सँगै आकाश खुलेको छ । यतिबेला चितवनका किसानको खेतमा पहेंलपुर धान झुलेका छन् । कतै धान काटिरहेका छन् त कतै थ्रेसर लगाएर धान भित्र्यार्इ रहेका छन्। बालि थन्क्याउने चटारोले किसान ब्यस्त छन । घर आँगनमा ढकमक्क फुलेका सयपत्री र मखमली फुलले मुस्कुराउदै प्रकृतिमा रौनक थपिदिएको छ । यतिवेला हिमालको टलक्क टल्केको दृश्यले प्रकृति प्रेमी लठ्ठ छन् बाटोघाटो पनि हिलो छैन । खासमा यो मौषम घुम्न चाहने पर्यटकहरुको लागि प्राकृतिक रुपमा अनुकुल समय हो ।

पार्वतिपुरबाट देखिएको दृश्य


चितवनका पत्रकार रमेश कुमार पौडेल शुक्रबार सुर्य अस्त को दृश्य कैद गर्न पटिहानी आइपुगे,साँझ पाँच बजे हामी दुवै जना अम्ब्रेला स्ट्रीट प्रवेश गर्यौं । पश्चिममा घाम डुब्न केहि बेर अझै बाँकि थियो। अम्ब्रेल्ला वरपरी घुम्ने र फोटो खिच्नेहरु व्यस्त थिए।हामी पनि एकछिन त्यतै भुल्यौं । यस्तो देखिन्थ्यो कि मानिसहरु फोटो खिच्ने स्थानको खोजीमा रहेछन।छोटो दुरी भित्र बनेको स्ट्रीट आदिवासी ,जनजातिका तस्बिर र जनावरका आकृतिहरु बाट सजिएको छ । केहिवेरमा पारि पट्टि राप्तीको किनारमा सयौंको संख्यामा हरिणको वथान देखियो रमेशजीको हातमा स्ट्यनड् मोवाइल तयार थियो । हामी तल झर्ने निधो गर्यों । हामी सँगै अरु पर्यटक पनि झरे । हल्ला र भिड सुनेछन कि के हो बगरमा चर्न आएका बथान एकैछिनमा हाम्रो आँखा बाट ओझेल परे। हामीलाई नरमाइलो लाग्यो।
सुर्य ढल्न थालिसकेका थिए । राप्ती पहेंलो देखिन थाल्यो । सुर्य लुक्ने तरखरमा कति राम्रो देखिदो रहेछ भने हेर्दा हेर्दै आफैं डुबिँदो रहेछ । राप्ती नदीमा परेको सुर्यको किरण र डुंगा चलाउँदै गरेको संगैको दृश्य त दुर्लव नै लाग्ने ।पुरै डुबेको सुर्य हेर्न हामी उभिएको ठाउँबाट मिलेन। किनारमा बनेको अग्लो होटल ले छेकिदियो। लगभग डुबेको द्रश्य हेरेर हामी अम्ब्रेल्ला फर्क्यौं । राप्ती किनार बाट उत्तर हेर्दा देखिने सिमेन्ट बाट बनेका होटेल रेस्टुरेन्ट भन्दा प्राकृतिक तवरले बनेका झुप्रा हरु वातावारण मैत्री हुनेथियो कि भन्ने लाग्यो ।

घडगाईबाट देखिएको दृश्य

चितवनको गोलाघाटबाट सुर्यअस्त अवलोकन गर्न यो उपयुक्त बेला हो । नारायणी र राप्तीको संगम स्थलमा साँझ सुर्य अस्तको दृश्य मनमोहक देखिन्छ। पानीमा पर्ने सुर्यको किरणको सुनौलो प्रतिविम्ब सँगै रमाउने हरु र सेल्फी लिनेहरु गोलाघाट सोजिने गरेका छन्। भरतपुर महानगरपालिका वार्ड नम्बर २८ पर्ने यो क्षेत्र चितवनको पर्यटकीय गन्तब्य हो।

गोलाघाटबाट देखिएको सुर्यअस्तको दृश्य