सूरतको लक्षशिला कम्पलेक्समा आगलागी, १७ को मृत्यु

Posted by

जेठ १०, २०७६

भारतको सूरत शहरको एक कम्पलेक्समा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ। आगलागी लक्षशिला कम्पलेक्सको दोस्रो तलामा भएको भारतीय संचार माध्यमले जनाएका छन्। आगलागीपछि चौँथो तलामा रहेका मानिसहरूले हाम फालेका थिए। उक्त भवनमा धेरै विद्यार्थी रहेको बताइएको छ। त्यहाँ उनीहरू डिजाइनिङ इन्टिट्युटमा अध्यनरत थिए। अहिले पनि उक्त भवनभित्र १० जना फसिरहेको बताइएको छ। आगलागी सट सर्किट भएर लागेको भारतीय संचार माध्यम भास्करले जनाएको छ। स्थानीयले वारुण यन्त्र समयमै नाएकाले धेरै जनाको मृत्यु भएको आरोप लगाएका छन्। आगलागीका भिडियो फुटेजहरू सामाजिक सञ्जालमा शेयर गरिएको छ। भिडियो फुटेजमा मानिसहरू चौथो तलाबाट हाम फाल्दै गरेको देखाइएको छ। उक्त घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।