सेथु एफसीलाई ३-० ले हराउँदै सावित्रा सम्मिलित गोकुलम भारतीय महिला लिगको फाइनलमा

Posted by

माघ २८, २०७६ काठमाडौं : नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित गोकुलम केरला एफसी भारतीय महिला लिगको फाइनलमा प्रवेश गरेको छ। अनिता बस्नेत सम्मिलित डिफेन्डिङ च्याम्पियन सेथु एफसीलाई ३-० ले हराउँदै गोकुलमले फाइनललमा स्थान बनाएको हो। बेङग्लोर रंगशाला भएको खेलमा गोकुलमलाई जीत दिलाउन सावित्राले २ तथा मनिषा कल्याणले गोल गरिन्। खेलका २१औँ मिनेटमा फ्रिकिकमार्फत मनिषाले सुरुवाती अग्रता दिलाएकी थिइन्। ४४औँ र ८४औँ मिनेटमा कमलादेवीको पासमा सावित्राले गोल गरेपछि ३-० को जीत निकाल्दै गोकुलमले उपाधी लागी क्रिस्पा एफसीसँगको भेट पक्का गर्‍यो। पहिलो सेमिफाइनलमा कृस्पाले केन्क्रे एफसीलाई २-१ ले हराउँदै उपधिनजिक पुगेको थियो। हिरो अफ दि म्याच सावित्रा घोषित भइन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा उनी शीर्ष स्थानमा छिन्। छनोट चरण र लिगमा उनले हालसम्म ७ खेलमा १८ गोल गरिसकेकी छन्।