सेनाको बटुकदल गणले गर्यो महाशिवरात्री तथा सेना दिवसको अवसरमा सप्ताहाब्यापी सरसफाई

Posted by

सुदिप देवकोटा, फागुन ९ चितवन : महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसर पारी चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको श्री बटुकदल गणको आयोजना एवं ब्यवस्थापनमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती तथा कोर इलाकामा ब्यापक रुपमा सप्ताहाब्यापी (फाल्गुन ३ गतेदेखि ८ गतेसम्म) सरसफाईको आयोजना गरि मनाएको छ । गणले उक्त सरसफाई अभियानमा चितवन राष्ट्रिय निकुञ्जको धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर तथा स्थानहरु लगायत सार्वजनिक स्थलहरुमा गणको अगुवाईमा निकुञ्ज प्रशासन, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, स्थानीय निकायका प्रतिनिधिहरु, भु.पु.सैनिकहरु, मध्यवर्ती सामुदायिक बनका पदाधिकारीहरु, स्थानीयबासी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त सरसफाई अभियान अन्तर्गत बटुकदल गणको मेघौलीमा तैनाथ गुल्मद्धारा फागुन ३ गते संचालन गरेको सरसफाई कार्यक्रममा नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, भरतपुर म.न.पा.२७ का पदाधिकारीहरु, नेपाल प्रहरी, मेघौली मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका सदस्य लगायत स्थानीयबासीहरु गरि करिव १२० जनाको सहभागितामा मेघौलीस्थित सार्वजनिक बाटो, भंगाहा चोकदेखि मेघौली इलाका, तेलौली, पर्साढाप, जानकी मा.बि. लगायत भ.म.न.पा.२७ देखि २८ वडासम्मको करिव ६ कि.मि.बाटो सरसफाई गरेको थियो । त्यसैगरि फागुन ६ गते निकुञ्ज प्रशासनका कर्मचारी, स्थानिय ब्यवस्थापत समितिका पदाधिकारी तथा शिवालय पार्क व्यवस्थापन समितिको पदाधिकारीहरु, भ.म.न.पा. वडा नं. २७ का अध्यक्ष गोबिन्द तामाङ्ग, स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरी करिव ३०/३५ जनाको संयुक्त टोलीले भ.म.न.पा. वडा नं. २७ स्थित शिवालय पार्क एरिया सरसफाई गरेको ।

यस्तै फागुन ७ गते नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, नेपाल प्रहरी प्र.स.नि. सुनिल थापा, सदावहार मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष अपुर्न भण्डारी, बफर जोन कोषका अध्यक्ष रामचन्द्र भट्टराई, स्थानिय ब्यवस्थापत समितिका पदाधिकारी तथा भोजराज मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु, भ.म.न.पा. २७ का स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरी करिव ३०/३५ जनाको संयुक्त टोलीले भ.म.न.पा. २७ स्थित भोजराज मन्दिर ईलाका सरसफाई गरेको थियो । त्यसैगरि बटुकदल गणको बगाईमा तैनाथ गुल्मद्धारा फागुन ३ गते संचालन गरेको सरसफाई अभियानमा नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, अयोध्यापुरी मध्यवर्ती क्षेत्र ब्यवस्थापत समितिका अध्यक्ष तथा पदाधिकारीहरु, CBAPU अयोध्यापुरीका पदाधिकारीहरु, माडी नगरपालिका वडा नं.९ बगाई बसपार्क ब्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरि करिव ५०/६० जनाको संयुक्त टोलीले बगाई गुल्म हे.क्वा.देखि बगाई बसपार्कसम्मको करिव २ कि.मि.बाटोमा सरसफाई गरेको थियो ।

फागुन ७ गते नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, माडी न.पा.८ का अध्यक्ष, अयोध्यापुरी मध्यवर्ति क्षेत्रका अध्यक्ष तथा पदाधिकारीहरु, जनजिवन माध्यामिक बिद्यालयका प्र.अ. र बिद्यार्थिहरु, माडी न.पा. ८ का स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरी करिव ९० जनाको संयुक्त टोलीले माडी न.पा ८ स्थित जिवन खोला देखि घाँघर खोलासम्मको करिव २ कि.मि. ईलाकामा सरसफाई गरेको थियो । यसैगरि बटुकदल गणको अमलटारीमा तैनाथ गुल्मले फागुन ६ गते निकुञ्ज कार्यलयका कर्मचारीहरु, गुन्द्रही डकाहा सामुदायिक वनका प्रतिनिधिहरु, स्थानिय जन प्रतिनिधिहरु, नारायणी धाम गोहेश्वर महादेव मन्दिरका ब्यवस्थापत समितिका पदाधिकारी, कावासोति न.पा. वडा नं. १७ का अध्यक्ष, स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरी करिव ५०/५५ जनाको संयुक्त टोलीले कावासोति न.पा. वडा नं. १७ स्थित नारायणी धाम, गोहेश्वर महादेव मन्दिर,अमलटारी घाट, पिक्निक स्पोर्ट एरिया सरसफाई गरेको थियो ।