सौराहामा अन्तराष्ट्रियस्तरको भ्यू टावर निर्माण हुँदै

Posted by

 चितवन, ३० जेष्ठ २०७६, बिहीबार

जेठ ३० – देशको मुख्य पर्यटकीय गन्तब्य सौराहामा अब अन्तराष्ट्रिय स्तरको भ्यू टावर निर्माण हुने भएको छ । यसका लािग संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्यू टावरका लागि विस्तृत सम्भाब्यत अध्ययन (डिपिआर) का लागि ५० लाख रुपैयाँ समेत बजेट छुट्टाईसकेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको बन्यजन्तु हेर्नकै लागि अन्तराष्ट्रियस्तरको भ्यू टावर निर्माण हुने भएको छ । पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले डिपिआरका लागि स्थलगत अध्ययन समेत भइसकेको बताए । डिपिआरपछि भ्यू टावर निर्माणको लागत तय हुनेछ ।डिपिआरका लागि कन्सल्टेन्ट कम्पनी पनि छनौट भईसकेको छ । डिपिआरको काम यसै बर्ष सक्ने योजना रहेको छ ।

पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेका अनुसार भ्यू टावर चितवन राष्ट्रिय निकुञ्ज परिसर भित्र निर्माण गरिनेछ । टावर निर्माण गर्नका लागि विभागले चितवन राष्ट्रिय निकुञ्जसँग अनुमति लिइसकेको उनको भनाई छ । सौराहासँगै राष्ट्रिय निकुञ्जलाई एकै ठाउँमा उभिएर हेर्न सकिने उद्धेश्यले भ्यू टावर निर्माण गर्न लागिएको उनले बताए । अहिले विभिन्न जिल्लामा भ्यू टावर निर्माण भइरहेको छ । तर यो भ्यूटावर भने अहिले निर्माण भइरहेका भन्दा फरक हुने घिमिरेले दाबी गरे ।

अन्तर्राष्ट्रियस्तरको लिफ्टसहितको टावर निर्माण हुनेछ । टावरभित्रै व्यवसायिक पसलहरु पनि रहनेछन् उनले भने । भ्यू टावर बन्ने भएपछि स्थानीय पर्यटन व्यवसायी समेत उत्साहित देखिएका छन् । अन्तराष्ट्रिस्तरको भ्यू टावरले बन्ने भएपछि यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनीहरुको विश्वास छ । भ्यू टावरले चितवनलाईनै प्रतिनिधित्व गर्ने भन्दै टावर निर्माणका लागि व्यवसायीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त भ्यू टावरपाँच वर्षभित्रमा तयार गर्ने लक्ष्य रहेको छ ।