सौराहामा थारुका कुरा : अन्धविश्वास र कुरीतीसगैँ थारुका सबै प्रकारको शोषण अन्त्य गर्न माग

Posted by

चितवन, १४ जेठ । आदीवासी थारु समुदायको हकहित संरक्षणका लागि नेपाल सरकारबाट गठन भएको थारु आयोगले चितवनमा छलफल तथा अन्र्तक्रिया गरेको छ ।
धर्तीपुत्रका रुपमा समेत परिचित थारु समुदाय उत्थन, विकास र आर्थिक विकास लागि राय सुझाव संकलन गर्न चितवनको सौराहा स्थित होटल अर्थ लाईटमा छलफल तथा अन्र्तक्रिया गरेको हो ।

कार्यक्रममा बोल्ने थारु अगुवाहरुले थारुमा रहेको अन्धविश्वास र कुरीतीसगैँ थारुका सबै प्रकारको शोषण अन्त्य गर्न माग गरेका छन् ।
उनीहरुले थारुको हकहित संरक्षण,सम्वद्र्धन र सशक्तिकरणका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए ।
यस्तै थारुको परम्परागत सीप, प्रविधि र विशिष्ट ज्ञानको संरक्षण र प्रर्वद्धन गरी व्यवसायिक रुपमा अगाडी बढाउने तर्फ ध्यान जानुपर्ने भनाई राखेका छन् ।
यस्तै सो अवसरमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु भाषाको संरक्षण हुन नसकेको बताउदै थारु भाषामा शिक्षा चाहिएको बताए । उनले थारु सुचिकरण नहुदाँ सक्दा कार्यक्रम लैजान नसकेको स्पष्ट पारे ।

आयोगले थारुको भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, थारु हकहित तथा युवाहरुको सशक्तिकरण, सीप अभिबृद्धिको क्षेत्रमा काम गर्ने ऐनमा व्यवस्था रहेको आयोगका अध्यक्ष चौधरीले जानकारी दिए ।
थारु समुदायको हकहितका लागि प्रतिवेदन बुझाउने र कार्यान्वयनका लागि सरकारलाई सफारिस गर्ने म्याण्डेट आयोगलाई रहेको उनले बताए ।
उनले समुदायको समस्याहरु समाधान गर्न पुलको रुपमा आयोग गठन भएको जानकारी दिदै थारु हकहित संरक्षणका लागि थारुहरु एकजुट हुनुपर्ने बताए ।
.थारु आयोगका सचिव आनन्दराम रेग्मी थारुको आयोगको गठन र एनेका विषयमा प्रकाश पारेका थिए । भने उनले थारु समुदायमा रहेको अन्धविश्वास र कुरीती तथा सबै प्रकारलाई शोषणको अन्त्य गरी सशक्तीकरण गर्नु पर्ने बताए ।
थारु अगुवाहरुको राय सुझाव र सल्लाहअनुसार नै आयोगले काम गर्ने र सरकारलाई हरेक वर्ष वार्षिक प्रतिवेदन बुझाउने दायित्व आयोगको रहेको सचिव रेग्मीले बताए ।
कार्यक्रममा थारु अगुवा नेता टिकेन्द्र चौधरीले सबै थारुलाई एउटै बनाउन थारुको विविध हटाउन माग गरे ।
कार्यक्रममा सभाकी केन्द्रिय उपाध्यक्ष विष्णुकुमारी चौधरीले संघ र प्रदेशमा थारु बहुभाषालाई सरकारी कामकाजके भाषा बनाउन माग गरिन् । साथै उनले नेपाल थारु समुदायको अवस्था बुझरे उत्थानमा उचित तवर लाग्नुपर्ने बताए ।
थारु अगुवा नेतृ लक्ष्मी चौधरीले थारुको समस्या जग्गामा भएको कमाउदै आएको जग्गा राज्यले लिने क्रममा उचित व्यवस्थापन गरि भुमिबिहिन हुनबाट जोगाउन माग गरिन् ।
थारु कानुनका विद्यार्थी संजय चौधरीले थारुका नाममा बजेट छुटाउदा लाभान्वीत हुनेगरि छुटाउन माग गरेका थिए ।
उनले स्वरोजगार र उत्पादमुलक शिक्षामा थारुलाई जोड दिनुपर्ने बताए ।
आयोगका अनुसारमा नेपालमा ७७ जिल्लामा गरि ६ंं.७ प्रतिशत हिस्सा थारु समुदायको रहेको छ ।
कार्यक्रममा २० वटा प्रश्न तयार गरेर समस्या र समाधानको खोजी समेत गरिएको थियो ।
कार्यक्रममा थारु कल्याण्कारी सभामा आवद्ध र आगुवाहरु गरि ४० जना बढीको सहभागी थियो । कार्यक्रममा उवासंघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, डा.मनोज चौधरी, कारी महत्तो, भजुवन राम महत्तो, हेमराज महत्तो, जोगेन्द्र महत्तो, र्दशन चौधरी, रामेश्वर महत्तो लगायतले बोलेका थिए ।