सौराहा देखि छितामाइ, मेघौली साईकल ट्रेलबारे अन्तरक्रिया

Posted by

रत्ननगर, १४ असोज

चितवन साईकल राइडर्स क्लब र सौराहाका पर्यटन व्यवसायी हरु बिच बुधबार अन्तरक्रिया सम्पन्न भएको छ। बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय प्राङगणमा आयोजना गरिएको छलफल कार्यक्रममा पर्यटनको गतिविधि हरुमा चितवनका धार्मिक, सांस्कृतिक , प्राकृतिक,एेतिहासिक गन्तव्य लाइ साईकल सफारीलाई पनि सँगै जोड्न आवश्यक रहेको सहभागी हरुले राय प्रकट गरेका छन्। क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा छोटो दुरीका साइकल सफारी हुने गरेको भए पनि पर्यटकको वसाई लम्बिने गरि चितवनको विभिन्न गन्तव्यमा साईकल लाइ जोड्न आवश्यक रहेको बताए। चितवन साईकल राइडर्स क्लबका उपाध्यक्ष एवम् नेसनल राइडर्स पदम बहादुर बानियाँले अबको पर्यटन साइकल पर्यटन नै हो भन्दै चितवनको पर्यटनमा साईकल जोड्न पर्ने बताए। राष्ट्रिय तथा अन्तराष्ट्रिय साईकल गतिविधि सञ्चालन गरेर पर्यटन विकासमा जस्तो सुकै आवश्यक सहयोग परे पनि चितवन साईकल राइडर्स क्लब तयार रहेको भन्दै उपाध्यक्ष बानियाँ ले जोड दिए। साथै उनले सौराहा देखि छितामाइ हुदै गोलाघाट सम्म साईकल को लागि जैविक मार्ग निर्माण गर्नु पर्ने बताए। वाघमारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जितु तामाङले पश्चिम चितवनका पर्यटकीय गन्तव्य सँग साईकलले पुलको कार्य गर्न सक्नेमा विश्वास लिएको बताए। कार्यक्रममा चितवन साइकल राइडर्स क्लबका सचिब धर्मराज सापकोटाले क्लबको स्थापना र उद्देश्य बारे जानकारी गराएका थिए।कार्यक्रममा खोरसहर हात्ती प्रजनन् केन्द्र बाट छितामाइ सम्म साइकल सफारी सहज बनाउने बिषयमा छलफल भएको थियो दोस्रो चरणको छलफल लाई वृहत गर्ने गरी समापन गरिएको कार्यक्रममा पूराना पर्यटन व्यवसायी राधाकृष्ण श्रेष्ठ, क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया लगायतले मन्तव्य राखेका थिए।