स्कुटर अनीयन्त्रीत भई पल्टीदाँ दुई घाईते

Posted by

चितवन , असार ४
चितवनको ईच्छाकमना गाउँपालिका – ५ मा स्कुटर आफैँ अनीयन्त्रीत भई पल्टीदाँ दुई जना घाईते भएका छन् ।

आज बिहान पौने १ बजे पोखरा जाने पुल नजिकै पृथ्वी मार्गमा मुग्लीनबाट पोखरा जादँै गरेको २–०३००१ प ७४९९ नं को स्कुटर आफै अनीयन्त्रीत भई पल्टीदाँ स्कुटर चालक स्याङजाका अन्दाजी २०–२१ वषीर्य कविन्द्र थापा र पछाडी सवार धादीङका २३ वर्षीय साजन घले घाईते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

घाईते मध्ये चालक थापाको अवस्था गम्भिर रहेको छ । उनको टाउकोमा चोट लागेको छ भने अर्का घाईते घलेको अवस्था मध्ययम रहेको छ । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।