स्वास्थ्य चौकी पार्वतीपुरको नयाँ भवनको महानगरपालिका प्रमुख रेनु दाहालद्वारा शिलान्यास

Posted by

भरतपुर, असार २४ – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य चौकी पार्वतीपुरको नयाँ भवनको आज शिलान्यास गरेकी छन् ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा स्वास्थ्य चौकी भवन (एचपीटुटाइप)को शिलान्यास गरेकी हुन् ।

भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताएकी छन् । ४०० वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् । सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी ७९ लाख ७६ हजार ९९१ रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।