हजारौं नागरिकलाई नारायणी नदी किनारमा रवि लामिछानेको सम्बोधन, नागरिकका पीडालाई उठाइ रहने उद्घोष

Posted by

चितवन, मङ्लबार, भदौ १०, २०७६-

सञ्चारकर्मी रवि लामिछाने रिहा भएको भोलिपल्ट आज चितवनको नारायणी नदी किनारमा रवि समर्थकहरुले धन्यवाद सभा गरेका छन् ।

लामिछाने पक्राउ परेसँगै चितवनमा उनको समर्थनमा ठूलो प्रदर्शन भएपछि उनले नागरिकहरुलाई धन्यवाद दिनको लागि सो सभा गरिएको हो । सभामा भदौंको चर्काे घाममा पनि छाता ओडेर सामान्य सूचनाको भरमा हजारौं नागरिक सहभागी भएका थिए । कार्यक्रममा रवि लामिछाने र युवराज कँडेलले सम्बोधन गरेका थिए । उनीहरुले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्यायका लागि लाडेको भन्दै आम समुदायलाई धन्यवाद दिए । सञ्चारकर्मी लामिछानेले आम नागरिकले आफूप्रति देखाएको माया र सद्भावले गर्दा भविष्यमा अझ जिम्मेवारीपूर्ण ढंगले नागरिकका पीडा र आवाजलाई उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।