हनुमन्ते खोला किनारमा युवक मृत फेला

Posted by

साउन २१, २०७५ भक्तपुर :
इवामुरा अस्पतालनजिकै हनुमन्ते खोला किनारमा एक शव फेला परेको छ। हनुमन्ते खोलामा आएको वहावसँगै भक्तपुरमा एक युवाको मृत्यृ भएको छ। सल्लाघारीस्थित इवामुरा अस्पतालनेर मृत अवस्थामा १५-१६ वर्षका युवक मृतक भेटिएका हुन्। प्रहरी परिसर भक्तपुरका अनुसार सो मृतकको सनाखत हुन सकेको छैन। घट्नाको प्रकृति हेर्दा पौडी खेल्न गएका जस्तो पनि देखिने र बाढीबाट बच्न पौडेर बच्न खोज्दा बगाएको हुन सक्ने प्रहरी अनुमान छ। प्रहरीले अहिले मृतकको मुचुल्का तयार गरेर भक्तपुर अस्पताल पठाइने तयारी गरिरहेको जनाएको छ।