हेटौँडामा डरलाग्दो दुर्घटना, ट्रकले मोटरसाइकल र अटोलाई किच्यो, दुईजनाको मृत्यु,,

Posted by

मंसिर २, हेटौंडा Radio Prabhav 92.4 mhz
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा ९ गुम्बा चोकमा आइतबार मध्याह्‍न अनियन्त्रित भई ट्रक पल्टिँदा सोही ट्रकले किचिएर दुई जनाको मृत्यु भएको छ। पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ७०१७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टँदा च्यापिएर गम्भीर घाइते भएका ना४६प ६२१ नम्बर मोटरसाइकलमा सवार हेटौँडा–४ का २० वर्षीय सुदीप घिमिरे र ना१ह ८९५९ नम्बरको अटोमा रहेकी हेटौँडा–४ कै ३५ वर्षीया गंगा चेम्जोङको मृत्यु भएको हो। उनीहरूको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए।