हेटौँडामा यात्रुबाहक बस चालक निदाउदा पल्टीयो

Posted by

हेटौँडा, २३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको पशुपतिनगरमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
बस दुर्घटनाको प्रारम्भीक अध्ययनबाट चालक निदाउदा दुर्घटना भएको पाईएको छ ।
बुटवल बाट काकडभिट्टाको लागि छुटेको लु १ ख ७१०७ नम्बरको रात्रिबस अनियमित भइ दुर्घटना भएको हो । दुर्घटनामा परि १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परेका मध्ये दुई जनाको अवस्था गम्भिर रहेको र उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको समेत प्रहरीको भनाई रहेको छ ।
दुर्घटनामा परेर घाईते भएका वर्माका नागरिक पर्ग्याबर खड्काले बस सम्म बाटोमा एक्कासी अनियन्त्रीत भएको बताए ।