हेटौंडा पठाइएको १० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

Posted by

चितवन, चैत २४– चितवनबाट कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षणका लागि हिजो (आइतबार) हेटौंडा पठाइएको १० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको ७ जना, चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र गुञ्जमान सिंह अस्पताल रत्ननगरको एक/एक जनाको कोरोना परीक्षण रिपोर्ट आएको कोरोना अस्पतालका सूर्य तिवारीले नारायणी अनलाइनलाइ जानकारी दिए । उनले भने–‘हिजो हामीले संकलन गरी पठाइएको १० जनाकै रिपोर्ट आज नेगेटिभ आएको छ ।’

कोरोना अस्पताल र जिल्लाका अन्य अस्पतालका गरी हेटौंडामा ३० वटा नमुना परीक्षण हुँदै सबै नेगेटिभ आएको तिवारीले जानकारी दिए । यससंगै चितवनबाट हालसम्म पठाइको ७९ वटा नमुना परीक्षणको रिपोर्ट नै नेगेटिभ आएको छ ।

यसैबीच भरतपुर कोरोना विशेष (अस्थायी) अस्प्तालले आज (सोमबार) १६ जनाको नमुना संकलन गरी कोरोना परीक्षणका लागि भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा पठाएको छ ।

अस्पतालका सूर्य तिवारीका अनुसार चितवन र नवलपुरका गरी १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए । उनले भने–‘भरतपुर ल्याबमा पठाइएको नमुना धेरैजसो विदेशबाट आएका व्यक्तिहरुका छन्, अन्य ज्वरोका बिरामीहरुको पनि पठाएका छौं ।’

भरतपुर कोरोना अस्पतालमा आज विहानसम्ममा २८२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।