हेल्प नेपाल नेटवर्क द्वारा गंगानगरमा १९ जना असहाय लाई राहत वितरण

Posted by

अपिल घिमिरे,चितवन,०२ श्रावण,
भरतपुर महानगरपालिका १३ मा बस्ने अति विपन्न परिवारलाई राहत सहयोग उपलव्ध गराइएको छ। बिहीवार एक कार्यक्रम को आयोजना गरि भरतपुर १३ को गंगानगर सानु चौतारीको हलबाट १९ जना असहाय ले राहत पाएका हुन। न्युजिल्यान्ड मा रहेको संस्था हेल्प नेपाल नेटवर्क द्वारा प्राप्त सहयोगबाट राहत वितरण गरिएको हो।
संस्था कि अध्यक्ष अनिता पाण्डे देबकोटा र संस्था कै पमेश देबकोटाको सक्रियता र स्थानीय प्रेम प्रसाद देवकोटाको संयोजनमा कार्यक्रम गरिएको हो। हिड्नै नसक्ने,बोल्न पनि नसक्ने,पारिवारीक अवस्था न्यून भएका बिपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिएको छ। झन्डै एक महिना लाइ खान पुग्ने गरि चामल, तेल,नुन,दाल,र खाजा समेत दिइएको वितरणको व्यवस्थापन गर्नुभएका शिव खनाल ले जानकारी गराउनुभएको छ।
गत जेष्ठ १५ मा सोहि देवकोटा परिवारले ब्रह्मपुरी घरमा बन्धक रहेका ११ वर्षीय असक्त अभिषेक बि क लाई राहत स्वरुप रु बिस हजार पाँच सय पाँच रुपयाँ पनि हस्तान्तरण गरेको थियो। आजको औपचारिक कार्यक्रम को सभापति स्थानीय अग्रज भिम प्रसाद सापकोटा रहनुभएको थियो भने कार्यक्रम पदम राज घिमिरेले संचालन गर्नु भएको थियो।