हैदराबादलाई हराउँदै कोलकाताको पहिलो जीत, आज राजस्थान र पञ्जाबबीच खेल हुने

Posted by

असोज ११, २०७७ काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्सलाई कोलकाता नाइट राइडर्सले हराएको छ।  युएईमा जारी आइपीएलमा पहिलो जीत दर्ता गर्ने क्रममा कोलकाताको हैदराबादलाई ७ विकेटले  स्तब्ध पार्यो। हैदराबादले लगातार  दोस्रो खेल हारेको हो। जीतको लागि १ सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो। 

कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे। ओईन मोर्गन २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे।  त्यसअघि टस जितेर पहिला ब्याटिङ  गरेको हैदराबादले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाएको थियो। हैदराबादका मनिष पान्डेले अर्धशतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन्। पान्डेले ५१ रन बनाए । कोलकाताका प्याट कमिन्स, बरुण चक्रबर्ती, आन्द्रे रसेलले समान १–१ विकेट लिए।   प्रतियोगिता अन्तरगत आज राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जाबबीच खेल हुनेछ।