१२ औँ बार्षिक साधारणसभा एवम खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Posted by

रेडियो प्रभाव, पार्बतिपुर, पौष २५,

नेपाल रेडक्रस सोसाईटी पार्बतिपुर उपशाखा एवम रेडियो प्रभाबको आयोजनामा पार्बतिपुर बजारमा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा पार्बतिपुरको १२ औँ बार्षिक साधारणसभाको अवसर पारी आयोजित रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका छन् ।


रेडक्रसको आफ्नै परिसरमा संचालन भएको कार्यक्रममा ८३ जना पुरुष र २७ जना महिलाले रक्तदान गरेका हुन । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञान्शाली न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि न्यौपानेले साधारण सभा को उद्घाटन गर्दै यसरी रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । बिशिष्ट अतिथि भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारीले रेडक्रस सोसाइटी द्वारा संचालित एम्बुलेन्स र चालक आवास को उद्घाटन गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथिले रेडियो प्रभाबका निर्देशक निर्मल अधिकारी लाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो। कार्यक्रम उपशाखा पार्बतिपुरका सभापति रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।