५० बिगाह जमिन भारतमा परेको घटनाबारे छानविन गर्न सरकारी टोली वीरगञ्जमा

Posted by

काठमाडौं, माघ ६ –
सीमा स्तम्भ मर्मतका क्रममा नेपालको झण्डै ५० बिगाह जमिन भारतमा परेको घटनाबारे छानविन गर्न सरकारी टोली वीरगञ्ज पुगेको छ ।
नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली सीमा मिचिएको घटनाबारे अध्ययन गर्न वीरगञ्ज पुगेको हो । अहिले सीमा स्तम्भ सारिएको भनिएको ठाउँ वीरगञ्जको छपकैया पुगेको टोलीले शनिबार र आइतबार नापजाँच गरेर यथार्थ पत्ता लगाउने मरासिनीले बताउनुभयो ।छपकैयाका बासिन्दाले आफ्नो नाममा लालपूर्जा गरेको ५० बिगाहा जग्गा सिमा स्तम्भ मर्मतका क्रमा भारतमा परेको गुनासो गरेपछि सरकारी टोली त्यसको यथार्थ पत्ता लगाउन विरगन्ज पुगेको हो ।