चितवन मेडिकल कलेजले पनि पायो वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति

Posted by

चितवन,२७ जेठ । चितवन मेडिकल कलेज सहित सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती स्वास्थ्य संस्था छनोट गरेको हो । अनुगमन पश्चात् मापदण्ड पुगेका ५१ वटा स्वास्थ्य संस्थालाई छनोट गरी सूचीकरण गरिएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिनुभयो ।
।सरकारले विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्था छनोट गर्ने प्रावधान अघि सारेपछि २०७५ चैत १३ मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु सूचीकरणका लागि आवेदन माग गरेको थियो। जसका लागि १ सय २६ वटा स्वास्थ्य संस्थाहरुले आवेदन दिएका थिए ।