नारायणीको पुलबाट हाम फाल्दा पार्वतीपुर घर भएकी बिमला कुमाल बेपत्ता

Posted by

२०७६, बिहीबार असार ५ – आज पनि नारायणी नदीको पुलबाट हाम फालेर एक जना महिला बेपत्ता भएकीछिन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ३३ बर्षिया बिमला कुमाल रहेकीछिन् । उनले आज बिहान साढे १० बजे नारायणी नदीको पुलबाट हाम फालेकी हुन् ।

हाम फाल्नु भन्दा अघि उनले पुलमा छाडेको झोला र त्यसमा रहेका कागजपत्रका आधारमा महिलाको पहिचान खुलेको हो । बेपत्ता महिलाको यतिबेला खोजी कार्य भईरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । यसअघि असार १ गतेमात्र राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा सवारी चाप भएको बेला स्कटुरबाट झेरर पुलबाट नदीमा हाम फालेकी थिईन् ।