भरतपुर महानगरमा फेरी बिबाद, काँग्रेसले गर्‍यो नगर सभा बहिष्कार

Posted by

चितवन, बिहिबार असार १२, २०७६–

चितवनको भरतपुर महानगरपालिकामा फेरी बिबाद भएको छ । कहिले के काण्ड त कहिले के काण्डले लफडा भइरहेको भरतपुर महानगरमा फेरी आज काँग्रेसबाट निर्वाचित उपप्रमुख पार्वती शाह ठकुरीलगायतका १५ जना जनप्रतिनिधिले नगर सभा नै बहिष्कार गरेका हुन् ।

यही असार १० गते नेकपा अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा मेयर रेनु दाहालका पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामझामका साथ उद्घाटन गरेको नगर सभा समापन नहुँदै काँग्रेस पक्षले बहिष्कार गरेको हो । बजेट विनियोजन र विभिन्न समिति निर्माणको विषयमा कुरा नमिलेपछि नगर सभा बहिष्कार गरेको उपप्रमुख पार्वती शाह ठकुरीले नारायणी अनलाईनलाई बताइन् ।

उनले आफूसंग छलफल नै नगरी विभिन्न १० वटा समिति बनाएपछि बैठक बहिष्कार गरेको जानकारी दिइन् ।