बागलुङको तमाखोलामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Posted by


२०७६, २४ माघ शुक्रबार बागलुङ । जिल्लाको तमाखोला गाउँपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा बिहेको जन्ती लिएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । म्याग्दी मालिका गाउँपालिका–२ का वर्ष ४८ का मनप्रसाद पुन, वर्ष २९ को चालक रमेश घर्ती, वर्ष ४२ का खगेन्द्र पुन र वर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।

ट््याक्टरमा २०÷२५ जना सवार रहेको प्रहरी प्रमुख भट्टले बताए । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।