कुवेतमा भरतपुरका बुद्धिलालको कोरोनाका कारण मुत्यु

Posted by

साउन ११, आइतबार चितवन :

चितवनको भरतपुर महानगरपालिका- २२, पदमपोखरी निवासी बुद्धिलाल अछामीको कोरोना भाईरस (कोभिड- १९) का कारण मुत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहदै गर्दा कोरोनाको कारणले अल्पायुमै दुखद निधन भएको नेकपा भरतपुर- २२ का अध्यक्ष रामहरि सेढाईले जानकारी दिए । भरतपुर-२२ स्थित पदमोदय युवा क्लब नजिकका स्थायी बासिन्दा रहेका बुद्धिलालका १ श्रीमती, २ छोरी, आमा, भाइ र भाउजू लगाएतका परिवार छन् । केहि महिना अघि उहाँको बुबाको निधन भएपछि काजकिरियाको लागि नेपाल आएका उनी पुनः आफ्नो कर्मथलोमा फर्किएका थिए । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा), भरतपुर- २२ का अध्यक्ष एवम् पदमोदय युवा क्लबका अध्यक्ष समेत रहेका रामहरि सेढाईले सामाजिक संजाल “फेसबुक” मा एक स्टाटस जारी गर्दै उक्त दु:खद निधनले आफू एकदम स्तब्ध र मर्माहत भएको बताएका छन् साथै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना समेत प्रकट गरेका छन् ।