Posted by
  1. हावाहुरीमा मृतकको सम्झनामा चितवनको चौबिसकोठीमा दीप प्रज्वलन

चितवन, चैत २०-

प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा आइतबार आएको हावाहुरीमा परी दिवंगत भएकाको सम्झनामा विवेकशील साझा पार्टीले चितवनमा दीप प्रज्वलन गरेको छ ।

विवेकशील साझाले मंगलबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गर्दै दिवंगत भएकालाई श्रद्धाञ्जली अर्पण गरेको हो । भरतपुरको चौबिसकोठी चोकमा दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको विवेकशील साझाले जनाएको छ । पार्टीको अभियान विभागको आयोजनामा गरिएको दीप प्रज्वलन कार्यक्रममा विवेकशील साझाका ३ नम्बर प्रदेश समितिका सदस्य एवम् चितवन जिल्ला संयोजक भूपेन्द्र बस्नेत, प्रदेश समितिका सदस्य पुष्पा सापकोटा, अभियान विभाग प्रमुख रामचन्द्र तिमिल्सिना संगठन विभाग प्रमुख जगदिश पन्त युवा संगठन विभाग प्रमुख प्रशान्त सापकोटा चिरञ्जीबी बडु सिर्जना थापालगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।