नेविसंघ भलिबलको फाईनलमा आज चुलो र काली बहादुर गण भिड्दै

Posted by

नेविसंघ भलिबलको फाईनलमा आज चुलो र काली बहादुर गण भिड्दै

 

चितवन, ४ जेष्ठ ।
पश्चिम चितवनको शिवनगरमा जारी नेविसंघ खुल्ला भलिबल प्रतियोगीताको उपाधीका लागि चुलो र काली बहादुर गण भिड्ने भएका छन् । व्याम्बोलाई हराउदै चुलो र नेविसंघ भरतपुर १४ लाई पराजित गर्दै कालि बहादुर गण फाईनलमा प्रवेश गरेको हो । उपाधी भिडन्त आज दिउँसो हुने आयोजक नेविसंघ भरतपुर १४ का सभापति विजय मल्लले जानकारी दिनुभयो ।

    
समापन समारोहमा भरतपुर महानगर उपप्रमुख पार्वति शाह ठकुरीको प्रमुख आतिथ्यता रहनेछ । फाईनमा प्रथम प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले ३१ हजार १ सय ११ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र र सानत्वना २ समुहलाई १० र १० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने सभापति मल्लले जानकारी दिनुभयो ।

भरतपुर १४ हनुमाननगर खेल मैदानमा जेष्ठ १ देखि जारी खेलमा १३ समुहको सहभागिता रहेको थियो । खेलको नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले उद्धघाटन गरेका थिए । प्रतियोगीता सम्पन्न गर्न ३ लाख ५० हजार लाग्ने आयोजकको अनुमान छ ।